चेल्सीका हजार्ड नबेच्ने संकेत



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब चेल्सीले इडेन हर्जाडलाई नबेच्ने संकेत गरेको छ ।

चेल्सीका नयाँ प्रशिक्षक मारिजियो सारीले हर्जाड चेल्सीमै रहने र उनलाई अझ उत्कृष्ट बनाउने बताए । स्टार क्रिस्टियानो रोनाल्डोलाई युभेन्ट्समा बेचेपछि रियल मेड्रिडले हर्जाडलाई भित्र्याउने तयारी गरेको थियो ।

सारीले हर्जाडलाई यूरोपका उत्कृष्ट खेलाडी भन्दै प्रसंशा समेत गरे । ‘हर्जाड उत्कृष्ट खेलाडी हुन् । उनको खेल्ने शैलीमा म अझै सुधार गर्न चाहान्छु,’– उनले भने ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मर्टिनेजले समेत हर्जाडले चेल्सीमै रहेर करियर बनाउनुपर्ने सुझाव दिएका छन् । हर्जाडले भने गत शनिवार पत्रकार सम्मेलनमा रियल जान सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्