लाज लागे मुख छोप



दुई तिहाइ बहुमतको सरकार गठन भए पनि निकै ठूलो हल्ला फिँजाइयो । अब देशमा ठूलै कायापलट हुन्छ । विकास र समृद्धिको त मूल नै फुटछ । बेरोजगारहरु रातारात रोजगार हुन्छ भन्ने ठूलो भ्रम थियो । सरकार गठन भएको चार महिना बितिसकेको छ । तर अहिले सरकारको काम गराइ र तौर तरिका हेर्नु हो भने लाजले मुख छोपेर हिडनु पर्ने अवस्था छ ।

धुवा धुलोले आतंक मच्चाएको छ । निर्वाचन अघि फ्रि वाइफाइको नारा लगाएको सरकारले अहिले इन्टरनेटमा १३ प्रतिशत कर बढाएको छ । के गर्छ त भन्दा दुई तिहाईको बुहमत प्राप्त सरकारले महंगी बढाउँछ । जनताको ढाड सेक्ने गरी कर बढाउँछ । गणतन्त्र आएपछि जनताले सबैभन्दा बढी पाएको नै महँगी हो ।

दुःख र सास्ती हो । सरकार जनताको समस्या समाधान गर्न भन्दा पनि कमाउ धन्दामा लागेर यो भद्रगोल भएको त होइन भन्दै जनताले दिनदिन दुःखी बन्दै गएका छन् । धरहरा यसो विचार गर्छ– साच्चिकै सरकारको काम गराइएको पाराले जनताले अब मुख छोपेरै हिँडने दिन आएको हो त ?

प्रतिक्रिया दिनुहोस्