नगर प्रमुखले करोडौंको आर्थिक चलखेल गरेको आरोप, कार्यपालिकामा छुट्टाछुट्टै दुई बजेट पेश



सरिता चलाउने, सल्यान
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले करोडौंको आर्थिक चलखेल गरेको नगरकार्यपालिकाले आरोप लगाएको छ । कार्यालय व्यवस्थापनका लागि प्रदान गरेको एक करोड रकमको कमसल खालको सामान खरिद गरी ठुलो आर्थिक चलखेत गरेको बुहसख्ंयक कार्यपालिकाका सदस्यहरुले आरोप लगाएका छन् ।

बिहिबार बन्गाड कुपिन्डे नगपालिका वडा न १ सल्लीबजारमा पत्रकार सम्मेलन गर्दै उपमेयर सहितको बहुसख्यक कार्यापालिका सदस्यहरुले आर्थिक वर्ष सकिदा समेत खर्च विवरण पारदर्शी रुपमा नदेखाएको कार्यपालिकाको नियम विपरित नगरमा कर्मचारी भर्ना गरेको, अन्य जनप्रतिनिधिहरुलाई अभद्र व्यवहार गर्नेदेखि धम्की दिने लगायतका कार्य नगरप्रमुख गोविन्द पुनले गरेको पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

१७ जना कार्यपालिका सदस्यहरुले बिहीबार संयुक्त रुपमा प्रेस विज्ञप्ती निकालेर आर्थिक वर्ष २०७४र०७५ को आय व्यय विवरण मेयरले प्रस्तुत गर्न नचाहेको र कार्य सम्पन्न भएका योजनाहरुको भुक्तानी समते रोकेको जनाएका छन् । त्यस्तै प्रथम नगर सभा २०७४र०७५ ले प्राप्त गरेको विनियोजन बजेट कार्यन्वयनको प्रक्रियामा नै नलगी दोश्रो नगर सभाको आयोजना गरी प्रमुखले मनोमानी रकम वाँडफाँड गरेर कतिपय योजनामा नगर उपप्रमुखलाई दवावमा राखी आफैले समेत अनुगमन समितिको ठाउँमा हस्तक्षर गरि योजनाको भुक्तानी दिएको बताएका छन् ।

जारी गरिएको विज्ञप्तीमा प्रर्वद्धनात्मक क्षेत्रमा (लक्षित वर्गलाई) विनियोजन गरेको बजेट कार्यपालिकाको निर्णय विपरीत गैर सरकारी सस्थालाई मनोमानी वाडँफाडँ गरि ठुलो आर्थिक चलखेल गरेको, कार्यपालिकाको निर्णय विपरीत नगरमा कर्मचारी भर्ती गरेको, डि.पि.आर को नाममा आर्थिक चलखेल गरेको गरेको,नेपाल सरकारले देशभरीका स्थानीय तहमा २०७५ असार १० गते सम्म नगर सभा गरि सकने निर्णय विपरीत हाल सम्म पनि नगर सभा नगरेको र हरेक बैठकमा कृर्ते माइनुट गराउने गरेको र कार्यपालिकाको बैठकमा प्रस्ताव र छलफल नै नगराएर आफू सुखी निर्णय गर्ने गरेको ।

८० उप प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको क्षेत्रा अधिकारमा हस्तक्षेप गरि हुकुमी शासन चलाउनुको साथै जनप्रतिनिधिहरुले प्रती अभद्र व्यवहार गर्ने र धमकाउने थरकाउने गरेको लगायतका आरोप लगाइएको छ ।

यस्तै आ व २०७५÷०७६ को प्रस्तावित वजेट अधिकार क्षेत्र बाहिर बाट पक्षपात पुर्ण रूपमा आफुखुसी वजेट ल्याएको,नगर शिक्षा समिति कार्यपालिकाको बैठकमा छलफल र निर्णय नगराई आफुखुसी गठन गरेको, सार्वजनिक सुनुवाइ सार्वजनिक खु्ला स्थानमा गर्न आग्रह गर्दा पनि नगरेको, नगरपालिकाले गाडी भाडामा लिदा टेन्डर आव्हान नगरी आफू खुसी आफ्नो गाडी भाडामा लिइ मोटो रकम लिएको लगायतका आरोप रहेका छन् ।

नगर प्रमुृख र उपप्रमुख सहितको कार्यापालिकाको विवादका कारण चाल आवको बजेट विनियोजना हुन सकिरहेको छैन । नगरप्रमुख र उपप्रमुख दुबै जनाले छुट्टाछुट्टै बजेट कार्यपालिकाको बैठकमा प्रस्तुत गरेका छन ।

यता नगरप्रमुख गोबिन्द कुमार पुनले आफुलाई लागेको आरोपको खण्डन गर्नुभएको छ । उहाँले नगरपालिकाको कार्यलयमा सर्वसाधारण नागरिक, सरोकारवाला निकाय, कर्मचारी र पत्रकारहरुको माझमा नगरपालिकाबाट कहि कतै कुनै पनि त्रुटि नभएको प्रष्ट पार्नुभएको छ ।

आफुलाई वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, नगर प्रशासकिय अधिकृत, कर्मचारीले लगाएको आरोपप्रति पालैपाले आरोपीत वुद्धाहरुको खण्डन गर्नभएको हो । नगर प्रमुख पुनले पत्रकार सम्मलेन मार्फत नगर प्रमुखले आर्थिक चलखेल गरेको भन्ने विषय अतिरञ्जती र केटाकेटीपन भएको वताउनु भयो । आफुले नगरको कुनै पनि योजना,समान खरिद र सम्झौता भुक्तानी लगाएतमा चासो नदिएको स्पष्ट पार्नु भयो । छानविन गर्ने अधिकार हरेक नागरिकको भएकाले आफु दोषि देखिए एक सेकेण्ड पनि यो पदबाट राजिनामा दिन तयार रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्