सडक निर्माण गर्ने क्रममा कुटपटि



सञ्जय कार्की, रौतहट
सडक निर्माण गर्न बोलाइएको छलफलमा कुटपिट हुदा पाँच जना भन्दा बढि घाईते भएका छन भने १३ वटा मोटरसाईकल तोडफोड भएको छ । ईलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरिक्षक अशोक सिहको उपश्थितीमा घटना घटेको पीडितको भनाई रहेको छ ।
बृन्दाबन नगरपालिका– ४ हर्दिया स्थित खेतमा जाने बाटो निर्माण गर्न दुईपक्षिय बीच बोलाइएको छलफलमा वडाअध्यक्ष श्यामनन्दन यादब सहितले जग्गाधनी लाई कुटपिट गर्दा बृन्दाबन नगरपालिका–४ हर्दिया निबासी सोनलाल साह सहित बीरेन्द्र राय यादब, सुरेस प्रसाद यादब, सुबिता देबी, रामनारायण यादब, फुलबती देबी लाई मरणासन्न हुने गरी कुटपिट गरेका छन ।

पक्राउ परेका रिहा
पाँच बढी घाइते
१३ मोटरसाइकल तोडफोड

उनीहरु मध्ये सोनलाला साहको पाटन अस्पताल, बीरेन्द्र राय यादबको रोशनअली ट्रमा सेन्टर बीरगज, सुरेस प्रसाद यादबको चन्द्रनिगाहपुर अस्पताल प्रालि, सुबता देबी, रामनारायण यादब र फुलबती देबीको हेल्पलाईन गरुडामा उपचार भैरहेको पीडितहरुले जनाएका छन । उनीहरुले प्रयोग गरेको ना ५० प ५५७१, ना ३५ प ४४४३, ना ४४ प ५११८ नम्बर सहितको १३ वटा मोटरसाईकल तोडफोड भएको छ । तोडफोड भएको मोटरसाईकल ईलाका प्रहरी कार्यालय गरुडामा रहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बृन्दाबन नगरपालिका–४ हर्दिया निबासी नागेन्द्र यादब, लालबाबु यादब र धर्मेन्द्र राय यादब लाई प्रहरीले रिहा गरेपछि पीडितहरु आक्रोशित भएका छन । सडक निर्माणको बिषयमा राजनैतिक तबरमा दुईपक्षीय भएको छ । जस्मध्ये नेकपाका कार्यकर्ताले नेपाली काग्रेस समर्थक कार्यकर्ता लाई एक्कासी कुटपिट गर्दा पक्राउ परेकालाई सता र शक्तिको आडमा रिहा गरिएको आरोप रामबशिष्ट यादबको आरोप रहेको छ । छलफलको लागि तोएिको स्थानमा पु्ग्न नपाउदै एक्कासी, ढुङ्गा, मुडा र लाठि बाट कुटपिट गरेको उनको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जग्गाको बिषयमा वडाअध्यक्ष श्यामनन्दन यादबको नेतृत्वमा १ सय ५० जना बीच छलफलको क्रममा दुबैपक्ष बीच एक्कासी ढुङ्गा प्रहार गरेर झगडा भएको हो । पक्राउ परेका लाई रिहा गरेको बिषयमा ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक चर्तुभुज ओझाले दुबैपक्षको सहमतिमा रिहा गरेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्