अमेरिकन पेस्तोलसहित ३ जना पक्राउ



सरोज यादव, विराटनगर ।
अमेरिकन पेस्तोलसहित विराटनगरमा दुई युवा विराटनगरमा पक्राउ परेका छन । लागु औषध सहित विराटनगरबाट पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्दा अमेरिकन पेस्तोल फेला परेको हो ।

गएको साउन १ गते विराटनगर ७ बाट दुईजनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुमाथि खानतलासी गर्दा लागु औषधसँगै लुकाई राखिएको पेस्तोल भेटिएको हो ।

बेलबारी नगरपालिका ७ घर भई सुनसरी इटहरी बस्दै आएका संजय चौधरी’ भन्ने सुर्यनारायण चौधरी र सुन्दरहरैचा २ का २० बर्षिय राज चौधरीलाई खानतलासी गर्दा लागु औषध फेला परेको हो । प्रहरीका अनुसार सुर्यनारायण चौधरीको नाइट्रोजन एक पत्तामा १० चक्की भएको ३ पत्तामा जम्मा ३० (तिस) चक्की र राज चौधरीको साथबाट निट्राभेट ज्ञण् लेखिएको एक पत्तामा १० चक्की भएको २ पत्तामा जम्मा २० (बिस) गरी ५० चक्की लागु औषध बरामद गरेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुर्दा सूर्यनारायणको घरमा लुकाई छिपाई राखेको मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल थान १ र सो पेस्तोलमा लाग्ने म्याग्जिन सहितको ३ राउण्ड गोली समेत बरामद भएको छ । अनुसन्धानकै क्रममा उक्त पेस्तोल निज सुर्यनारायण चौधरीले सुनसरी दुहवी नगरपालिका २ का मोहमद अलाउदीनसँग भारत गएर ल्याएको भन्ने जानकारी पाएपछि अलाउदिनलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरु मध्ये राज चौधरीलाई लागु औषध नियन्त्रण ऐन बमोजिम मुद्धा दर्ता गरिएको छ भने सुर्यनारायणलाई लागु औषध नियन्त्रण ऐन र हात हतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको छ यस्तै मोहमद अलाउदिनलाई हातहतियार तथा खर खजाना ऐन अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्