श्वेताश्री फाउन्डेसनलाई सहयोग



राजधानीमा आयोजित एक कार्यक्रमका बीच नायक स्व. श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काको नाममा स्थापित श्वेताश्री फाउन्डेसनमार्फत सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका–११ मा निर्माणाधिन एकीकृत माझी बस्तीका लागि युथ एन्ड स्टुडेन्ट फर पिस नेपालले सहयोग रकम प्रदान गरेको छ।

संघका अध्यक्ष प्रकाशबाबु थापाले फाउन्डेसनकी अध्यक्ष श्वेता खड्कालाई १ लाख १० हजार रुपियाँ हस्तान्तरण गरे। थापाले भूकम्पबाट प्रभावित उक्त माझी बस्तीलाई नायिका तथा निर्मात्री खड्काले चालेको अभियानमा साथ दिने उद्देश्यले उक्त रकम प्रदान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्