पाकिस्तान चुनाव नजिकिँदै: ‘मोदीलाई खुसी पार्न सरिफले मुम्बइ हमलाको जिम्मेवारी स्विकारे‘



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानमा अर्को हप्ता आम चुनाव हुन गइरहेको छ । समय नजिकिँने क्रमसँगै पाकिस्तानमा चुनावी गर्मी पनि बढेको छ ।

यसबी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) पार्टीका नेता इमरान खानले पुर्व प्रधानमन्त्री नवाज सरिफ पाकिस्तानका सेनाको डरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरणमा गएको आरोप लगाएका छन् ।

उनले नवाज सरिफमाथि काश्मिर मुद्दालाई पनि बेवास्ता गरेको आरोप लगाए । इमरान खानले भने– भारतमा नरेन्द्र मोदी जब प्रधानमन्त्री बने, नवाज सरिफ उसँग भेट्न गए र त्यतिबेला काश्मीरका हुरियत कन्फ्रेन्सका नेताहरुसँग भेट्न अश्विकार गरे ।

सरिफले यसो गरेर मोदीलाई मात्र खुसी पार्न चाहेको इमरानले बताए । क्रिकेटरबाट राजनेता बनेका इमरान खानले नवाज सरिफ र आसिफ अली जरदारीको तुलना मीर सादिग र मिर जाफिरसँग गरे । उनले भने– यिनीहरु मिर सादिग र मिर जाफिर भन्दा फरक छैन । यिनीहरुको बफादारी पैसासँग मात्र छ ।

२५ तारिख महत्वपुर्ण दिन भएको र मुलुकको भाग्य बदल्ने दिन भएको उनले बताए । यो आसिफ अली जरदारी र नवाज सरिफबाट आफुलाई अलग गर्ने दिन भएको उनले बताए । उनीहरुले जनताको पैसा देश बाहिर लगेको उनले आरोप लगाए ।

इमरान खानले ती दुबै नेताले देशको सेनाको बदनामा गरेको पनि आरोप लगाए । उनले भने– पहिला जरदारीले आफनो देशको फौजको अपमान गर्ने प्रयास गरे । उनले अमेरिकी सैन्य प्रमुख आफुलाई फौजबाट बचाउन गुहार मागेका थिए ।

त्यसपछि नवाज सरिफ जब भ्रष्टाचार मामिलामा फस्न थालेपछि उनले पनि पहिला सेनाकै बदनाम गरेको खानले बताए । ‘सरिफले मुम्बइ हमलाको जिम्मेवारी देशमाथि थुपारे । उनले भने, मुम्बइमा हामीले आक्रमणकारी पठाएका थियौं ‘।

विपक्षी नेताहरुमाथि आक्रमण गर्दै दुबैले देश बाहिरकाहरुलाई खुसी पार्न देशको बदनाम गरिरहेको उनले आरोप लगाए । यी सबै गरेर उनीहरुले फाइदा लिएको र देशको ऋण बढाएर गएको उनले बताए ।

सजायँ निलम्बन गर्न सरिफको माग
पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफले भ्रष्टाचार मामिला एक अदालतले सुनाएको जेल सजायँको फैसलालाई चुनौति दिँदै उक्त निर्णय निलम्बन गर्न माग गरेका छन् ।
यस विषयमा सन्चार माध्यमलाई सोमबार जानकारी दिइएको थियो । भ्रष्टाचारको एक मामिलामा सरिफलाई १० बर्षको जेल र उनकी छोरी मरियम नवाजलाई ७ बर्षको जेल सजायँ सुनाइएको थियो ।


उक्त फैसला मुताबिक सरिफ र मरियमलाई गत शुक्रबार लन्डनबाट पाकिस्तान फर्कने क्रममा लाहौर स्थित अन्तराष्टिय विमानस्थलबाट पक्राउ गरि जेल चलान गरिएको थियो ।
भ्रष्टाचार निवारण अदालतले नवाज सरिफ र उनकी छोरी मरियम विरुद्ध मध्य लन्डन एवनफिल्ड अपार्टमेन्टका ४ फ्ल्याटसँग सम्बन्धि मुद्दामा उक्त सजायँ तोकेको हो । उनीहरु दुबै हाल इस्लामाबाद नजिकै रावलपिन्डी स्थित अदियाला जेलमा थुनिएका छन् ।

उनीहरुमाथि भ्रष्टाचारका अन्यु दुई मामिलामा पनि मुद्दा चलिरहेका छन् ।
सरिफमाथि आम्दानी भन्दा धेरै सम्पत्ती राखेको आरोप छ । तीन पटक प्रधानमन्त्री रहेका सरिफले ती आरोप राजनितिबाट प्ररित भएको बताउँदै अस्विकार गर्दै आइरहेका छन् ।

उनलाई नेसनल अकाउन्टेबिलिटी ब्युरोलाई सहयोग नगरेकोमा एक बर्षको अतिरिक्त सजायँ दिइएको छ । उनका ज्वाइलाई पनि यस मामिलामा एक बर्षको सजायँ सुनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्