इजरायली संसदबाट विवादास्पद विधेयक पारित



जेरुसेलम,(एजेन्सी)
इजरायललेको संसद नेस्सेटले विहिवार राष्ट्रलाई आधिरिक रुपमा यहुदी घोषणा गर्ने विवादास्पद कानुन पारित गरेपछि अल्पमत अरव समुदायका इजरायलीहरु आक्रोसित भएक छन् ।

‘ नेसन स्टेट ’ नामक उक्त कानुनमा यहुदीहरुलाई राष्ट्रिय स्वनिर्णयमा एकल अधिकार दिइने तथा हेबु्रलाई अरबीभन्दा माथिका ेआधिकारिका भाषा मानिने कुरा उल्लेख गरिएको छ । संसदमा अरव विधायकहरुले यसको अत्यन्तै विरोध गरेका छन् ।

एकजना विधायकले कालो झण्डा देखाएका छन् भने अर्को एकजनाले विधेयक मस्यौदा नै च्यातेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने यस विधेयकको ह«दय खोलेर प्रशंसा गरेका छन् ।

उनले इजरायल विशेषत यहुदीहरुको राष्ट्र भएको तर यसले अन्य सम्पुर्ण जनताको अधिकारलाई पनि सम्मान गर्ने बताएक छन् । इजरायलका अरबी समुदायले लामो समयदेखि सरकारले आफुहरु माथि भेदभाव गर्दै आएको महसुस गर्दैआएका छन् ।

सो कानुनमा जेरुसेलम इजरायलक ैराजधानी भएके दावी पनि गरिएको छ । जेरुसेलमको केहि भाग प्यालेस्टाइनले आफ्नो भएके दावी गर्दै आइरहेको छ । सन् २०११ मा पहलो पटक संसदमा पेश गरिए यता यस विधेयक माथि पटक पटक छलफल गरिँदै संशोधनहरु हुँदै आएको थियो ।

यसैबिच नेतान्याहुले भविष्यमा हुने कुनै पनि अन्तिम सहमतिमा प्यालेस्टाइनले इजरायललाई एउटा यहुदी राष्टज्ञको रुपमा मान्यता दिइनु पर्ने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्