एम्बाप्पे सबैभन्दा महगो युवा खेलाडी



लन्डन, (एजेन्सी)
विश्वकप विजेता टोली फ्रान्सका खेलाडी किलीएन एम्बाप्पे हालै सकरेक्सले गरेको रिपोर्टमा सबैभन्दा महगो युवा फुटबलर रहेको जनाएको छ ।

रिपोर्ट अनृुसार १९९७, जनवरी १ पछि जन्मेका फुटबलरहरुको मूल्यांकन गरेको छ । जसमा उमेर, स्तर, हालीय क्लब, बजार मूल्य, अन्तर्राष्ट्रिय खेल, खेलेको समय, चोट, प्राविधिक गुण र गोल गरेको आधारमा सकरेक्सले रिपोर्ट निकालेको हो । जसमा पेरिस सेन्ट जर्मेनका स्टार एम्बाप्पे १७ करोड १५ लाख पाउन्ड मूल्यका साथ सवैभन्दा महगो युवा फुटबलर बने ।

फ्रान्सलाई विश्वकप उपाधि दिलाउन उनले चार गोल समेत गरेका थिए ।
यस्तै म्यानचेस्टर युनाइटेडका एटे्याकर मार्कुस रास्फोर्ड दोस्रो स्थानमा रहेका छन् । रुसमा सम्पन्न विश्वकपमा इंग्ल्यान्ड चौथो हुँदा उनले पनि सहभागिता जनाएका थिए । उनी ७ करोड ९६ लाख पाउन्डसहित सबैभन्दा महगो युवा फुटबलरको सूचीमा दोस्रो स्थानमा रह्यो ।

अर्को प्रिमियर लिग खेलाडी तेस्रो स्थानमा छन् । म्यानचेस्टर सिटीका ब्राजिली स्ट्राइर गेब्रिएल जिससको मूल्य ७ करोड ८५ लाख पाउन्ड रहेको छ ।

विश्वका महगा शीर्ष यु २१ फुटबलर (पाउन्डमा)
१. किलीएन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन) १७१.५ मिलियन
२. मार्कुस रास्फोर्ड (म्यानचेस्टर युनाइटेड) ७९ मिलियन
३.गेब्रिएल जिसस (म्यानचेस्टर सिटी) ७८.५ मिलियन
४. ओस्मान डेम्बेले (बार्सिलोना) ७५.२ मिलियन
५ माल्कम (बोर्डीयाक्स) ५७.६ मिलियन
६. फेडेरिको चिएजा (फिओरेन्टिना) ५६.७ मिलियन
७. गियानलुइगी डोनारम्मा (एसी मिलान) ५६ मिलियन
८. क्रिस्टियन पुलिसीच (बोरुसीया डर्टमन्ड) ५४.६ मिलियन
९. लियोन बेली (बायर लिभरकुसेन) ५०.५ मिलियन
१०. मिमेल ओयार्जाबाल (रियल सोसाइदाद) ४५.८ मिलियन

प्रतिक्रिया दिनुहोस्