चौरजहारीमा बाढीले नहर बगाउँदा बिद्युत अवरुद्ध



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका वडा नं ७ मा रहेको लापुरी खोला लघुजल विद्युत आयोजना अनिश्चित समयका लागी वन्द भएको छ । अविरल वर्षा संगै आएको वाढीले विद्युत नहर वगाएपछि विद्युत उत्पादन सेवा अनिश्चित समयका लागी वन्द भएको हो । ८० किलो वाट विद्युत उत्पादन क्षमता रहेको माईक्रो हाईड्रोपावर वाट उत्पादन भएको विद्युत करिव १२ सय घरधुरीले प्रयोग गर्दै आईरहेका थिए ।
विद्युत आपुर्ति सेवा वन्द भए संगै नगरपालिका भित्र रहेका वडा नं ७, नार्जि,खत्रीगाउँ, कुमाईगाउँ ,काप्रा वडा नं ८ सोतिखोला ,वसिगाउँ,सोती गेष्मा र वडा नम्वर ९ को कोटगाउँ र गुर्तालगाउँका उपभोक्ताहरु विद्युत सेवा वाट वञ्चित भएका छन । उपभोक्ताहले विद्युत नियमित सुचारुको माग गरेता पनि आर्थिकक अभावले गर्दा वर्षा संगै आएको खहरे खोलाले वगाएको विद्युत कुलो निर्माण गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष ईन्द्रलाल शर्माले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्