प्रधानमन्त्रीलाई पोखरामा कालो झन्डा, नेविसंघका विधार्थी पक्राउ



विजय नेपाली, पोखरा ।
प्रधानमन्त्री केपि शर्मा ओलि गण्डकी प्रदेसमा सम्बोधन गर्न आएपछी नेविसंघ कास्किले विरोध स्वोरुप कालो झन्डा देखाएका छन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मूल्य वृद्धि ईन्टरनेट सेवामा लगाएको कर, पत्रकार माथिको हस्तक्षेप लगायतको विषयलाई तत्काक्ल रोक्नुपर्ने माग सलो झममण्डा देखाएका हुन । प्रदेशसभालाई सम्बोधन गर्न पोखरा आएका ओलिलाई प्रदेमा देखाएका थिए ।
सरकारले साउन १ गतेबाट लागू हुने गरि ईन्टरनेटमा १३ प्रतिशत र टेलिफोनमा २ प्रतिशत अतिरिक्त शुल्क वृद्धि गरेर नेपालीलाई दुख दिने काम गरेको कारण प्रदर्शन गरिएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । गोविन्द केसीको मागमा सरकार जिम्मेवार नभएको बताउदै उनले ईन्टरनेट शुल्क तथा मुल्य वृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।

ताना साही ओलि शासनले आम जनताको पसिना र रगत खाने काम भएको भन्दै डा.गोबिन्द केसिको जीवन रक्षा सहित विकासको नाममा जनताको विनास गर्न नहुने नेविसंघका विद्यार्थिले बताए । उखान टुक्का र छलकपटको भरमा देश नचल्ने बताउदै आन्दोलन थप चर्काउने बताएका छन् । उता आफ्नो नेता तथा कार्यकर्ताले शान्तीपुर्ण आन्दोलन गर्दा समेत पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग सहित नेविसंघ पृथ्वीनारायण क्याम्पसले क्यामपस अगाडि बिरोध समेत गरेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा फ्रि–वाईफाईको नारा लगाएको पार्टिले सरकारको नेतृत्व गरे पछि ईन्टरनेटमा शुल्क वृद्धि गरेको भन्दै सामाजिक सञ्जालमा पनि व्यापक आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्