रुपन्देही प्रहरीद्धारा ५३ लाख भारतिय रुपैयाँ सहित ४ जना पक्राउ



यमलाल भुसाल, बुटवल ।
रुपन्देही प्रहरीले ठुलो भारतिय रुपैयाँ सहित ४ जनालाई पक्राउ गरेको छ ।

भारतिय नोटको अवैध कारोबार हुन लागेको अवस्थामा प्रहरीले रुपदेहीको एक होटलवाट ४ जना सहित ५३ लाख भारतिय रुपैयाँ वरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा यही साउन १ गते सिद्धार्थनगर नगरपालिका १३ मा रहेको हवाईट लोटस होटलको कोठा नं. १०७ मा गई खानतलासी गर्दा उक्त कोठामा रहेको झोलामा पुरानो भारु १०००। दरको नोटहरु थान २,६५० र ५००। दरको नोटहरु थान ५,३०० गरी जम्मा भारु त्रिपन्न लाख सहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता कुमोध ढुङ्गेलले बताउनु भयो ।

प्रहरीले भारतिय रुपैया सहित जिल्ला रुपन्देही रोहीणी गा.पा.वडा नं. ५ बस्ने बर्ष ५४ को दुधनाथ योगी, सिद्दार्थनगर न.पा. २ बस्ने बर्ष ३७ को गणेश थापा,बुटवल उप.म.न.पा.वडा नं.१६ बस्ने बर्ष ४२ को हेमराज कठरिया र, सिद्धार्थनगर न.पा.८ बस्ने बर्ष ३८ को राजु बुढाथोकीलाई पक्राउ गरेको छ । प्रहरीले बरामद भारतिय रुपैया र पक्राउ परेका ब्यक्तिहरुलाई थपअनुसन्धान तथा कारबाहिका लागि राजस्व अनुसन्धान बिभाग, हरिहर भवन पठाईएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्