डा. केसीलाई बल प्रयोग गरेर काठमाडौ ल्याउन अस्पतालमा प्रहरी र सेना परिचालन



भगवती तिमल्सिना, काठमाडौं । चिकित्सा शिक्षा सुधारको ७ बुद्धे माग राख्दै जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिन देखि १५ औं पटक आमरण अनसनमा बस्नुभएका प्रा. डा. गोविन्द केसीलाई सरकारले अपहरण शैलीमा काठमााडौ ल्याउने तयारीका साथ नेपाली सेनाको हेलिकोप्टर लिएर जुम्ला पुगेको जनाइएको छ ।

डा.केसीको माग पुरा गर्नुपर्ने अडान राख्दै स्थानिय जनता, चिकित्सक, विद्यार्थीको भिड अस्पताल प्रवेश गर्दै प्रहरीले सर्वसाधारण र बिरामीलाई समेत प्रवेशमा रोक लगाएपछि झडपको स्थिति सृजना भएको नारायण खनालले जनाएका छन् ।

सरकारले डा.केसीको मागलाई जबरजस्त तुहाउने उदेश्यका साथ अस्पताल परिसरमा प्रहरी मात्र नभै सेना समेत परिचानल गरिसकेको खनालले जानकारी गराएका छन् ।

डा. केसीको भनाई जस्ताको तस्तै


नमस्ते मेरो आज सत्याग्रहको २० औं दिन हो । म कर्णाली अंचलको जुम्ला जिल्लाो सदरमुकाम कर्णाली स्वास्थ्य विज्ञानप्रतिष्ठानमा सत्याग्रहरत छु । र मलाई यहाँका चिकित्सक, नर्स र प्यारामेडिक्सको टीमले राम्रोसँग उपचार दिईराख्नुभएको छ र म पुर्ण रुपमा सन्तुष्ट छु । तर सन्नमा के आएको छ भने मलाई चै राज्यले यहाँबाट छिटैनै अपहरण गरेर काठमाडौ लाँदै छ र अपहरण गरेर लगेर हाम्रो यो अभियान तुहाउने प्रयास गर्दैछ भन्ने सुन्नमा आएको छ ।

राज्यको भनाई उनीहरु मेरो स्वास्थ्यप्रति धेरै नै चिन्तित छन भने यदि राज्य मेरो स्वास्थ्य प्रतिको त्यतिको चिन्तित छ भने देखि, संवेदशील छ भने मेरो माग पुरा गर्ने तिर लाग्नुपरयो । मेरो माग पुरा गर । मेरो सबै माग पुरा गर्नुपर्छ यति भएपछि त म अनसन तोडिहाल्छु नि । माग पुरा गर म अनसन तोड्छु । तर के छ भनेदेखि म यो मेरो लागि पवित्र स्थल हो र चन्दननाथ बाबाको काखमा बसेर मैले सत्याग्रहगरिराखेको छु । जबसम्म माग पुरा हुँदैन म यहि जुम्लामा यहि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेरै मेरो अनसन र सत्याग्रह जारी राख्नेछु । मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन र गुुण्डा गर्दि चल्दैन ।

अहिलेको लडाई भनेको राज्यपक्ष माफिया, डन र अधिनायकबाद पोस्नतिर लागेको छ । जनताको हक हितको बिरुद्ध त्यसको बिरुद्ध हामी लडिराखेका छौ । जनताको हकहितको बिरुद्ध हामी लडिराखेका छौ । माफिया डन र अधिनायकबादको हार हुन्छ र जनताको जित हुन्छ नमस्ते ।

प्रतिक्रिया दिनुहोस्