अगस्टमा नेपालले ऐतिहासिक वानडे खेल्ने



काठमाडौं, (नेस)
गत जिम्बावेमा भएको आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा पपुवा न्युगिनीलाई हराएर नेपालले अन्तर्राष्ट्रिय वानडे मान्यता पाएको थियो । नेपालसँगै नेदरल्यान्डस्ले सोही प्रतियोगितामा वानडे मान्यता प्राप्त गरेको छ । बिहीबार लन्डनतिर प्रस्थान गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हिजो विदाई गरिएको थियो । नेपालले आगामी अगस्ट १ र ३ मा नेदरल्यान्डस्सँग ऐतिहासिक वानडे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।

यसअघि नेपालले लर्डस्मा एमसीसी र नेदरल्यान्डस्सँग ट्राइ सिरिज टी २० क्रिकेट खेल्नेछ । त्यस्तै नेपाल र नेदरल्यान्डस्ले टी २० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल खेल्नेछन् । ऐतिहासिक वानडे अन्तर्राष्ट्रिय खेल्ने नेपाली भाग्यमानी क्रिकेट टोली यसप्रकारको छः

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिल कुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, आरिफ शेख, ललित नारायण राजवंशी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, सरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल (विकेटकिपर) ।

प्रतिक्रिया दिनुहोस्