एनसेलद्वारा २ सय ५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान



काठमाडौं (नेस)
एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजनाअन्तर्गत २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई उच्च शिक्षाको तयारीका लागि विभिन्न ६९ वटा ईन्स्टिच्युटमा ब्रिज कोर्ष गरीरहेका २ सय ५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।

एनसेलले गतवर्षको चैत्र महिनामा ‘पहिलो सिम’ योजना ल्याएको थियो । योजनाअन्तर्गत ब्रिज कोर्स कक्षा संचालन गरीरहेका विभिन्न ६९ इन्स्टिच्युटमा अध्ययनरत ३ देखी ७ उत्कृष्ट विद्यार्थी गरी जम्मा २ सय ५८ उत्कृष्ट विद्यार्थीलाई ५ हजार रुपियाँ राशीको आंशिक छात्रवृति प्रदान गरेको हो । ईन्स्टिच्युटले विभिन्न समयमालिएको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले आंशिक छात्रवृति प्राप्त गरेका हुन् ।

२०७४ सालका एसईई परीक्षार्थीलाई लक्षितगर्दै ल्याईएको ‘पहिलो सिम’ योजनामा छात्रवृत्तका लागि उत्कृष्ट विद्यार्थी छनौट तथा छात्रवृत्ति प्रदान गर्नका लागि एनसेलले ब्रिज कोर्ष संचालन गर्दै आएकाविभिन्न इन्स्टिच्युटहरुसँग सहकार्य गरेको थियो ।

एनसेलले एसर्ईई दिएकाविद्यार्थीलाई ब्रिज कोर्ष अध्ययनकालागिआंशिक छात्रवृत्तिप्रदान गरेको यो दोश्रो बर्ष हो । माध्यामिक शिक्षा पछिको उच्चशिक्षा अध्ययनका लागि तयारी कक्षामा मिहेनत गरीरहेका विद्यार्थीको मिहेनत तथा उत्कृष्ट नतिजालाई सम्मानगर्ने उद्देश्य लिई पहिलो सिम योजनामा छात्रवृत्ति प्रदानगरिएको एनसेलले जनाएको छ ।

साथै योजनामा परीक्षार्थीले प्राप्तगर्ने सिमले उनीहरुको सञ्चार आवश्यकतालाई सम्बोधनगर्दै आफ्ना साथीभाई तथा परिवारजनसँग सहज सम्पर्कमा रहन मद्दत गर्ने कम्पनीको विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्