अनुगमन समिति गठन



काठमाडौँ ।
सरकारले गंगामाया अधिकारीलाई अनशन तोडाउँदा गरेको प्रतिबद्धता कार्यन्वयन भए÷नभएको सम्बन्धमा अनुगमन गर्न एक समिति गठन गरेको छ ।

समितिमा गृहमन्त्रालयका उपसचिव वशिष्टकुमार घिमिरे र गंगामायाका तर्फबाट कनकमणि दीक्षित, चरण प्रसाईं, सुबोध प्याकुरेल, बाबुराम गिरी र रामआशिष कार्की रहनुभएको कानून, न्याय तथा संसदीय मामिला प्रवक्ता रमेश ढकालले जानकारी गराउनुभयो ।

उहाँका अनुसार समितिले सरकारले गंगामायासँग अनशन तोडाउने क्रममा गरेको प्रतिबद्धताको कार्यन्वयनको स्थिति तथा परिपालनाका सम्बन्धमा अनुगमन गर्नेछ । गत असार २९ गते कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले न्याय दिने प्रतिबद्धता जनाउनुभएपछि गंगामायाले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको हातबाट जुस खाएर अनशन तोड्नु भएको थियो ।

गोरखा फुजेलकी ५८ वर्षीया गंगामाया गत जेठ १५ गतेदेखि छोरा कृष्णप्रसादको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनमा बस्नु भएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्