उपत्यकामा रहेका फिरन्ते चोर प्रहरी फन्दामा



भक्तपुर,(नेस) ।
विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेका भक्तपुर चागुनारायण नगरपालिका–७ बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

जेठ १५ गते राती भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोल भगवती मार्गस्थित नविन बुढाथोकीको घरमा दराज फुटाई नगद तथा सुन चाँदीका गर गहना समेत गरी करीव ७ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रिमाललाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त ठिमीको संयुक्त प्रहरी टोलीले चोरी गरेको बिभिन्न धनमाल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता मोरङ विराटनगर महानगरपालिका–१४ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने सन्तोष घिमिरेको घरबाट करिव एक लाख २५ हजार रुपियाँ बरावरको चोरी भएको छ ।

बाथरुमको झ्यालबाट प्रवेश गरी मोवाईल २ थान र १ थान ल्यापटप समेत गरी करीव १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्