बलिउडकी आमाको निधन



तीन दशकसम्म बलिउड फिल्म र सिरियलमा आमाको भूमिकामा राज गर्ने अभिनेतृ रीता भादुरीको निधन भएको छ।

भारतीय सञ्चारमाध्यका अनुसार मंगलबार बिहान मुम्बईको एक अस्पतालमा ६२ वर्षको उमेरमा उनको निधन भएको हो। लामो समयदेखि मृगौलाको समस्या भोगिरहेकी उनी करिब १० दिनदेखि अस्वस्थ थिइन्। अचानक उनको निधनको खबर बाहिरिएपछि बलिउड उद्योग शोकमग्न बन्न पुगेको छ।

सन् ८० को दशकमा बलिउडमा छाएकी उनले घर हो तो ऐसा, बेटा, कभी हाँ कभी ना, रंग, तमन्ना फूलनदेवी जस्ता फिल्ममा अभिनय गरेकी थिइन्। रीता फिल्मी दुनियाँमा मात्र नभई टेलिभिजन दुनियामा पनि चर्चित थिइन्। उनी पछिल्लो समय छोटो पर्दाको चर्चित सिरियल निमकी मुखियामा हजुरआमाको भूमिकामा अभिनय गरिरहेकी थिइन्। उनको अन्तिम दाहसंस्कार मंगलबार नै गरिएको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्