फाइनलमा सिन्धुपाल्चोक र काठमाडौं



हेटौंडा,(नेस)
हेटौंडामा जारी उपराष्ट्रपति कप महिला फुटबल फाइनलमा काठमाडौं र सिन्धुपाल्चोक भिड्ने भएका छन् । ताप्लेजुङलाई हराउँदै सिन्धुपाल्चोक फाइनल प्रवेश गरेको हो भने मकवानपुरलाई पराजित गर्दै काठमाडौं फाइनल पुगेको हो ।

मंगलबार सेमिफाइनलमा ताप्लेजङ १–० गोलले पराजित भएको थियो । ६२ औं मिनेटमा सिन्धुपाल्चोककी रजिना श्रेष्ठले गोल गर्दै सिन्धुपाल्चोकलाई फाइनल प्रवेश गराएकी थिइन् ।
सिन्धुपाल्चोककी हिना जिरेल प्लेयर अफ दी म्याच बनेकी थिइन् ।

फाइनल पुगेको सिन्धुपाल्चोकले उपाधिका लागि बिहीबार काठमाण्डौंको सामना गर्नेछ । यसअघि सेमिफाइनलमा काठमाडौंले मकवानपुरलाई ३–० ले पराजित गरेको थियो । प्रतियोगितामा १३ जिल्ला सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्