नबिल बैंकले एकैपटक १२ नयाँ शाखा



काठमाडौं, (नेस)
नबिल बैंकले एकैपटक १२ नयाँ शाखा उद्घाटन गरेको छ । काठमाडौंमा आयोजित शाखा उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकका अध्यक्ष शम्भु प्रसाद पौड््याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा १२ नयाँ गाउँपालिकाका शाखाको विद्युतीय माध्यमबाट उद्घाटन गर्नु भएको छ ।

बैंकले आलिताल गाउँपालिका डडेलधुरा, बराहताल गाउँपालिका सुर्खेत, वित्थडचिर, गाउँपालिका बझाङ, सम्मरीमाई गाउँपालिका रुपन्देही, तिला गाउँपालिका जुम्ला दार्मा गाउँपालिका सल्यान, पचालझरना गाउँपालिका कालिकोट, पलाता गाउँपालिका कालिकोट, कर्णाली प्रदेश, पञ्चेश्वर गाउँपालिका बैतडी, रामारोशन गाउँपालिका अछाम, सायल गाउँपालिका डोटी, तुर्माखाद गाउँपालिका अछाम नयाँ शाखा खोलेको हो ।

शाखा उद्घाटन कार्यक्रममा सक्षमका टिमलिडर बलजित भोहराले नबिल बैंकको ग्रामीण बैंकिङ पहुंच विस्तार गर्ने उद्देश्यमा शाखा स्थापना गर्न सहयोग पु¥याउन सकेकोमा खुशी व्यक्त गर्नुभयो ।

नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले विकट गाउँपालिकामा १२ नयँँ शाखाबाट सेवा प्रदान गर्न पाउँदा खुशी लागेको बताउँदै राष्ट्र बैंकले अवलम्वन गरेको नीतिअनुरुप कम्तिमा एक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा होस् भन्ने भावनाले ती ठाउँमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा सञ्चालनमा ल्याएको बताउनुभयो ।

नबिल बैंकले ७४ वटा शाखाको बृहत् सञ्जाल, ११५ वटा एटीएमको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टमार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालासँगै अघि बढ्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्