भालुपीडित कञ्चनलाई १ लाख ९६ हजार रुपियाँ उपचार खर्च



दयाराम पण्डित, बाजुरा
जिल्ला वनकार्यालय बाजुराले जंगली जनावर भालुको आक्रमणमा परी शख्त घाईते भईकी वडिमालिका नगरपालिका वडा नं ९ की शान्ती उखेडालाई एक लाख ९६हजार ६ सय नब्बै रुपैंयाको चेक हस्तान्तरण गरेको छ । सोमबार बिहान आयोजित जिल्ला वनकार्यालयको एक समीक्षात्मक कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समिती बाजुराका प्रमुख नरेन्द्र रोकाया, बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल प्रमुख जिल्ला अधिकारी चेतराज वराल, वन अधिकृत दानवहादुर श्रेष्ठलगायतका अधिकारीले संयुक्त रुपमा उक्त चेक घाईते उखेडालाई हस्तान्तरण गरेका हुन् ।

“जंगली जनावरवाट सख्त घाइते भएवापत सरकारी क्षेत्रबाट बाजुरामा राहात पाउने यि पहिलो हुन्” –जिल्ला वनर्काालयबाजुरा का प्रमुख दान वहादुर श्रोष्ठले जानकारी दिनुभयो । बन ऐन अनुसार जंगली जनावरको आक्रमण वाट मृत्यु हनेलार्ई १० लाख रुपैंया, सख्त घाईतेलार्ई २ लाख रुपैंया र सामान्य घाईतेलाई बीस हजार रुपैंंया राहात दिने ब्यबस्था छ ।

बाजुरामा जंगलीजनावरवाट पिडीतालइ उपचार तथा राहात दिन्छ भन्ने थाहा नपाएर हाल सम्म कसैलेपनि उक्त राहात पाएका थिएनन् । म आफै गएर कानुनमा ब्यबस्था छ, निवेदन दिनुस भनेपछि निवेदनको आवस्यक प्रक्रिया अगाडि वडाएर कञ्चनले थोरैभएपनि राहत पाइन्, जंगली जनावरवाट आक्रमण परेकाले राहात पाईन्छ भन्ने जनचेतना नै नहुंदा राहातबाट वञ्चित हुुनुपरेको जिल्ला वन कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

गत मंसिरमा सदरमुकाम मार्तडीको गडायापातल जंगलमा घांस काट्ने क्रमम कञ्चनलार्ई भालुले आक्रमण गरेको थियो । अक्रमणमा परी एक आंखा गुमाएकी कञ्चनको काठमाण्डौंमा लामो उपचारपछि आजकाल सामान्य हिडडुल गर्ने अवस्थामा छिन् । उपचारमा पांचलाख रुपैंया खर्च भएको तर राहात कम भएको उनकी आमा किंजी उखेडाले वताईन् । बाजुरामा जंगली जनावर विषेषगरी भालुको आक्रमणवाट वर्षेनी मान्ेछले ज्यान गुमाउनु र घाइते हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्