सुस्तावासीको दिगो व्यवस्थापन होस्



पश्चिम नवलपरासीमा गतवर्ष भएको डुबानका कारण करोडौंको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत् २ करोड ४६ लाख १२ हजार रुपियाँ प्राप्त गर्ने भएको खबर नेपाल समाचारपत्रको अनलाइन न्यूज अफ नेपालले प्रकाशित गरेको रहेछ ।

नेपाल सरकार सिंचाइ मन्त्रालयमार्फत सो रकम उपलब्ध गराउन लागिएको र क्षति बेहोरेका किसानले गण्डक सिंचाइ व्यस्थापन डिभिजन कार्यालयमार्फत उक्त रकम पाउनेछन् । गतवर्ष डुबानमा परेका सुस्ता गाउँपालिका वडा नम्बर १ र २ सहित विनयी त्रिवेणीको ६ र ७ का पीडित किसानले क्षतिपूर्तिबापतको रकम पाउनेछन् ।

यहाँ क्षतिपूर्ति पाउने कुराभन्दा पनि त्यहाँका स्थानीयलाई दिगो व्यवस्थापन र बाढी नियन्त्रणका लागि काम गर्नुपर्ने देखिएको छ । नेपाल सरकारले यो विषयमा ध्यान दिएर भारत सरकारसँग विशेष कूटनीतिकरुपमा काम गर्नुपर्ने देखिएको छ ।
– रोहन केसी, चितवन

प्रतिक्रिया दिनुहोस्