पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा २५ लाख राहत प्रदान



यमलाल भुसाल, बुटवल ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले आफनो समितिमा आवद्ध व्यवसायी ,चालक र सहचालकोे मृत्यु भएमा तथा औषधी उपचारका लागि राहत स्वरुप प्रदान गर्ने गरि स्थापना गरेको सामुहिक दुर्घटना विमा कोषवाट ६ जनालाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।
समितिले विगतमा दिदै आएको व्यवसायीको मृत्यु भएमा राहत स्वरुपको ५ लाख रुपैयाँलाई गएको साधारण सभा वाट बृद्धि गरि १० लाख पुराएको छ भने चालक र सहचालकको जनही ३ लाख राहत रकम प्रदान गर्ने निर्णय गरेको छ ।

समितिले प्रदान गर्ने ३ लाख र वीमावाट आउने ५ लाख चालक तथा सहचालकको परिवारले पाउने व्यवस्था समितिले मिलाएको छ ।
त्यसै गरी समितिमा आवद्ध व्यवसायीलाई औषधी उपचार स्वरुप एक लाख रुपैया र कर्मचारीको मृत्यु भएमा १० लाख रुपैया राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको समितिका अध्यक्ष टिकाराम गौतमले बताउनु भयो ।

समितिले वितेको एक वर्षमा गत माघ ७ गते सुनवलमा ट्रयाक्टरको ठकरवाट समितिमा आवद्ध लु १ ख ७५३३ नम्बर ट्रक धनी सुनवल ३ नदुवा निवाषी ३९ वर्षिय शोभा कुमारी पौडेलको घटना स्थलमै मृत्यु भएकोमा उहाँको श्रीमान राम प्रसाद पौडेललाई १० लाख रुपैयाँ प्रदान गरीएको हो । त्यसै गरी समितिका सदस्य व्यवसायी दुर्गा तिवारीकी श्रीमती रेनु तिवारीलाई ५ लाख, भोलानाथ कवर की श्रीमती अजोध्या कवरलाई ५ लाख राहत रकम प्रदान गरीएको छ ।

त्यसैगरी विस २०७४ साल असौज ७ गते पाल्ला जिल्लाको सिद्धवावा नजिकै माथिवाट पहिरो खसी ना ३ ख ६१९१ नम्बरका ट्रक चालक माधव बहादुर रानाको मृत्यु भएकोमा निजकी श्रीमती गोमा रानालाई मंगलवार सामुहिक दुर्घटना वीमा कोषवाट ३ लाख र वीमावाट आएको ५ लाख गरी ८ लाख रुपैयाँ समितिका अध्यक्ष टिकाराम गौतमले प्रदान गर्नु भएको महासचिव हरि प्रसाद कडेलले बताउनु भयो ।,
समितिमा आवद्ध व्यवसायीहरुलाई प्रदान गर्ने औषधी उपचार खर्च मध्येको कोषवाट ईन्दुदेवी कलवार र ललित बहादुर मल्ललाई जनही एक लाख रुपैयाँ प्रदान गरिएको समितिका कार्यालय प्रमुख बावुराम अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्