पेस्तोलसहित समातिएकालाई म्याद थप



 नेपाल समाचारपत्र, ललितपुर ।
दुई थान पेस्तोल र ५६ राउण्ड गोलीसहित समातिएका पा“च जनाको ललितपुर जिल्ला अदालतले मंगलबार १० दिनको म्याद थप गरेको छ ।

अदालतले मंगलबार हातहतियार खरखजानामा थप अनुसन्धानको लागि म्याद थप गरेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका प्रहरीको टोलीले गत आईतबार नख्खिपोटबाट तीनिहरुलाई पक्राउ गरेको थियो । हतियार डिलर भएको आशंकामा आईतबार पक्राउ पर्नेहरुमा हेमराज पौडेल, कृष्णबहादुर जोगी र अ“शुराम मोक्तानलाई पक्राउ रहेका छन् ।प्रहरीको टोलीले मेड इन जर्मनी लेखिएको पेस्तोल थान १, सो मा लोड भएको ५ राउण्ड गोलीसहितको म्याग्जीन थान १ र खाली म्यागजीन थान १ समेत फेला पारेका थिए । तिनिहरुलाई सोधपुछ गरी ललितपुरको भोलढोकाबाट त्यसको भोलिपल्ट रामचन्द्र अधिकारीलाई समातिएको थियो ।
अधिकारीले दिएको बयानका आधारमा प्रहरीको टोलीले सोमबार तिखिदेवलबाट रोशन सुब्बालाई पक्राउ गरिएको थियो । ‘आईतबार तीन जनालाई समातिएको घटनासंग जोडेर रोशनलाई पक्राउ गर्न सफल भएका हौं। उनी हतियार बेच्ने गिरोहका नाइके हुन् । ’प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर एैरले भन्नुभयो ‘४५ वर्षीय रोशनबाट बरामद दुवै पेस्तोल लोडेड अवस्थामा भेटिएकाले उनलाई नियन्त्रणमा लिन गाह्रो परेको थियो । ’

प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायब निरीक्षक नरेन्द्र चन्द्र र प्रहरी निरीक्षक खुमलाल भुषालको टोलीले तिखिदेवलस्थित सुब्बाको कोठाबाट मेड इन जर्मनी र ईटाली लेखिएको पेस्तोलहरु २ थान, म्याग्जीनहरु ३ थान, ५६ राउण्ड गोली, तरबार, खुकुरी र चक्कु समेत फेलापारिएको पनि परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक एैरले जानकारी दिनुभयो ।
लिम्बु आपराधिक समूहको हतियार डिलर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि परिसर प्रमुख एैरले जानकारी दिनुभयो । परिसरका अनुसार ‘स्टिङ अप्रेसन’मार्फत तीन जनालाई पक्राउ गरिएको थियो। यस घटनामा काठमाडौं परिसर र ललितपुर परिसरको टोली छुट्टाछुट्टै रुपमा विगत एक महिनादेखि यसमा लागि परेको थियो। काठमाडौं परिसरले पक्राउ गरी ललितपुर प्रहरीलाई बुझाएपछि परिसर ललितपुरले थप अनुसन्धान गरेको थियो।
प्रहरीका अनुसार रोशनले भारतको सिलगुडीबाट हतियार किनेर ल्याएर आपराधिक समूहलाई बिक्री वा भाडामा दिने गरेका थिए। भारतमा ३० हजार भारतीय रुपैया“मा किनेर नेपालमा ८० हजार रुपैया“सम्ममा बिक्री गर्ने गरेको जनाईएको छ। खुमलटारका पुराना बासिन्दा रोशनले ललितपुरकै ताल्छिखेलमा रेस्टुरेन्ट सन्चालन गर्दै आएका थिए। उनको मोबाइल मर्मत पसल पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्