स्मार्ट फोन हराएमा वा बिग्रिएमा मेरो सुरक्षाले दिने



काठमाडौं, (नेस)
मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि मेरो सुरक्षा स्मार्ट फोनको गर्छ रक्षा नामक योजना शुरु गरेको छ । मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्सन प्लानअन्तर्गत नयाँ मोबाइल पाउने छन् ।
कम्पनीले हराएको सम्पँर्ण डाटा रिकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइलसेट उपलब्ध गराउने छ।

कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौतिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजनाअनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले बताउनुभयो ।

‘अहिलेस्मार्टफोन अनिवार्य बनिसकेको छ, व्यस्त दैनिकीमा स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ । जसले गर्दा प्रयोगकर्तालाई डाटाका साथै ठूलो नोक्सान हुनसक्छ । यसलाई ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्सन प्लान शुरु गरेको हो । ’

यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नुपर्ने हुन्छ । प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टु डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ ।

यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिनभित्र अर्को नयाँ मोबाइल पाउने छन् । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्