आज घरघरबाट लुतो फ्याँकिदै



हेटौंडा, (नेस)
आज साउन १ गते अर्थात् साउने संक्रान्ति । आजकै दिनदेखि यस वर्षको चाडवाडका ढोका उघ्रनेछन् । कर्कट संक्रान्ति पनि भनिने यस पर्वका दिन साँझ घरघरमा परम्परानुसार लुतो फ्याँक्ने काम गरिन्छ ।

सन्ध्या समयमा कुरिलो, बाबियो, लुतेसरो, पानीसरो, भलायो र गलेनी आदि वनस्पति जम्मा पारी सुन्तला, नास्पाती र आरुलगायत फलफूलसहित कण्डारक पूजा गरिने र बलिरहेको राँको वा दियालोलाई चारै दिशामा मिल्काउने कार्य गरिन्छ । यसलाई लुतो फ्याँकेको भनिने सँस्कृतिविद् रामचन्द्र आचार्यले बताउनुभयो ।

त्यसो गर्दा खटिरादि र चर्मरोग नलाग्ने जनविश्वास रहेको उहाँले बताउनुभयो । लुतो फ्याँक्ने काम सकिएपछि ‘अनिकाल लैजा, सहकाल ले’ भन्दै नाङ्लो ठटाएर र शंख, घन्ट बजाएर घर घुम्ने परम्परा रहेको आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्