सानीभेरी रुकुमको पहिलो पुर्ण खोप सुनिश्चित गाउँपाललिका



धनवीर दाहाल, रुकुम पश्चिम ।
रुकुम पश्चिमको सानीभेरी गाँउपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । नेपाललाई पूर्ण खोप सुनिश्चित देश बनाउने राष्ट्रिय लक्ष अनुसार सानीभेरी गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका सुनिश्चित घोषणा गरिएको हो ।

गाउँपालिका भित्र चालु आर्थिक वर्ष भित्र सबै खाले खोपहरु ९५ प्रतिशत पुरा भएको तथ्यांक अनुसार गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न योग्य भएको सानीभेरी गाउँपालिका स्वास्थ्य संयोजक लोकेन्द्र डाँगीले बताउनु भयो ।

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्दै जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्नु राम्रो भएको भन्दै यसलाई दिगो बनाउन जोड दिनु पर्ने बताउनु भयो ।

उहाँले सानीभेरी गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा हुनेमा रुकुम कै पहिलो भएकाले बधाई तथा धन्यबाद समेत व्यक्त गर्नुभयो ।

गाउँपालिकाले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा सहयोग गरेको भन्दै रुकुमेली समाज विकास केन्द्र रुकुम र सेभ द चिल्ड्रेन लगायत महिला स्वास्थ्य स्वंसेविकाहरु, स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्