शुरु हुने वित्तिकै संसदको दोस्रो बैठक पनि अवरुद्ध



नेपाल समाचारपत्र, काठमाडौं । चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दोस्रो संसद बैठक पनि अवरुद्ध गरेको छ ।

विपक्षी सांसदहरुको अवरोधका कारण शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने समय पनि पाएनन् ।

सरकारको धारणा जानकारी दिन मन्त्रीले समय मागेको भन्दै सभामुख कृष्णबहादुर महराले विपक्षी सांसदहरुले बस्न आग्रह गरेका थिए । तर, कांग्रेस सांसदहरुले स्वीकार नगरेपछि संसद बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसद अवरुद्ध पारेका हुन ।

प्रतिक्रिया दिनुहोस्