सेफको गिर्दो करिअरमा छोरी राहत प्याकेज?



बलिउड नायक सेफ अली खान हिजोआज फिल्ममा कमै मात्र देखिन्छन्। उनको अन्तिम फिल्म शेफले बक्स अफिसमा खासै कमाल देखाउन सकेन। यस कारण पनि मानिस उनको करिअर समाप्त हुन लागेको चर्चा गर्छन्। तर उनको करिअरमा छोरी सारा राहत बोकेर आएकी छिन्।

सेफकी पूर्वपत्नी अमृतातर्फकी छोरी सारा अब ठूली भइसकेकी छिन् र उनले बलिउड नगरीमा कदम राखिसकेकी छिन्। यो वर्ष साराका दुई फिल्म रिलिज हुनेछन्। एउटा केदारनाथ र अर्को साम्बा। साराका फ्यान उनलाई पर्दामा देख्न निकै आतुर छन्। यसैबीच उनका फ्यानका लागि अर्को खुसीको खबर रहेको छ। अब सारा र सेफ एक नाम फिक्स नभएको फिल्ममा काम गर्ने भएका छन्। एक बलिउड अनलाइनले स्रोतलाई उद्धृृत गर्दै प्रकाशन गरेको सामाचारमा जनाइएअनुसार निर्देशक नितिन कक्कडले सैफ र सारालाई बाबुछोरीको भूमिकामा प्रस्ताव गरेका छन्। जसमा बाबुछोरीको र मायालाई प्रस्तुत गरिनेछ।

प्रतिक्रिया दिनुहोस्