बंगलादेश: पाँच छात्र डुबे



ढाका,(एजेन्सी)
एउटा फुटबल म्याच खेलेको लगत्तै पाँच जना किशोर बिद्यार्थीको एउटा नदीमा डुबेर मृत्यु भएको आइतवार प्रहरीले जनाएको छ । दक्षिण पुर्वी कोकस बजार जिल्लाको एक बिद्यालयका ति किशोरहरु अर्जेन्टिनार ब्राजिलका समर्थकहरुबिचको मैत्री खेलमा भाग लिएपछि नदीमा नुहाउन गएका थिए । मतामुहुरी नदीको कडा धारले तिनीहरुलाई बगाएको थियो ।

डुबेका ेझण्डै छ घन्टापछि शनिवार साँझ प्हरीले तिनीहरुको लाश नदीबाट निकालेको थियो । हिजो आयोजित तिनीहरुको अन्त्येष्टि कार्यक्रममा दशौ हजार मानिसको सहभागिता रहेको स्थानिय संचार माध्यमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्