निगमले हवाई सुरक्षाको प्रमाण्पत्र लिने



काठमाडौं, (नेस)
नेपाल वायु सेवा निगमले हवाई सुरक्षालाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्नको लागि इन्जिनियर रमेशबहादुर शाहको संयोजकत्वमा कमिटी गठन गरी गरेको छ ।

निगमलाई अन्तर्राष्ट्रियस्तरको एयरलाइन्समा रुपान्तरण गर्दै हवाई सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्रको लागि प्रक्रिया थालिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताउनुभयो । अन्तर्राष्ट्रियस्तरको एयरलाइन्सको मान्यता लिन हवाई सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणवत्र लिनुपर्ने प्रवधान रहेको छ ।

निगमले हवाई सुरक्षा एवम विश्वसनीय बनाउन विमानको इन्जिनको मर्मत सम्भार कार्यमा आउटर्साेसिङ कन्सेप्टमा जाने नीति लिएको निगमको भनाइ रहेको छ ।

अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गर्दै निगमले पनि इन्जिन मर्मतको लागि बाह्य कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । निगमको नया“ वाइड वडी विमानको १२ वर्षको सम्पूर्ण मर्मतको जिम्मा बेलायतको रोल्स रोयस कम्पनीलाई दिने योजना रहेको निगमले बताएको छ ।
निगमको विमानमा खराबी आउँदा धेरै दिनसम्म ग्राउन्डेड भएर धेरै क्षति वेर्होनु परेकाले मर्मतको जिम्मा विमान निर्माता कम्पनीसमेत रहेको कम्पनीलाई दिन लागिएको हो ।

त्यस्तै व्यवस्थापन सुधारलाई उच्च प्राथमिता दिने नीति अनुसार अनलाइन बुकिङ अन्तर्राष्ट्रियतर्फ सेवा शुरु गरिसकेको निगमले अन्तरिकमा भने साउनबाट लागू हुने गरी अनलाइन टिकेटिङ सेवा शुरु गर्ने निगमले जनाएको छ ।

निगमले इन्जिनिययिरिङ तथा हवाई संचालनतर्फको सम्पूर्ण काम कारबाही समेट्ने गरी एक आधुनिक सफ्टवेयर प्रणाली खरिद गरिसकेको र भदौ मसान्तसम्ममा पूर्ण रुपमा संचालनमा ल्याउने लक्ष्य राखेर निगमले काम गरिरहेको छ । साथै निगमले कर्मचारीको रुटिङलाई पनि एप्स बनाएर कर्मचारीको डिउटी समय थाहा पाउने सफ्टवेर विकास पनि गर्ने निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्