आगामी विश्वकप कतारमा



मस्को, (एजेन्सी)
रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले २२ औं फिफा विश्वकपको जिम्मेबारी कतारलाई हस्तान्तरण गरेका छन् ।

अरब राष्ट्र कतारले आगामी २०२२ को विश्वकप आयोजना गर्दैछ । पुटिनले क्रेमलीनमा भएको समारोहमा आधिकारिक विश्वकप फुटबल फिफा अध्यक्ष गियानी इन्फाटिनोलाई हस्तान्तरण समेत गरे । इन्फाटिनोले यसलाई अमीर शेख तमीम बिन हमाद अल थानीलाई हस्तान्तरण गरे ।

रुसका राष्ट्रपतिले बताए कि रुसको विश्वकपको आयोजना गर्ने आफनो उपलब्धिमा गर्व छ । उनी आफ्नो अनुभवहरु कतारसँग साझेदारी गर्नेछन् । फिफा अध्यक्ष इन्फाटिनोले हालीय विश्वकपलाई अहिलेसम्मकै सर्वश्रेष्ठ विश्वकपको संज्ञा दिएका छन् । उनले बताए कि यो विश्वकपपछि रुसप्रतिको धारणा परिवर्तन हुनेछ ।

पुटिनलाई जर्सी उपहार
क्रोएसिया र फ्रान्सबीचको फाइनल खेल अगाडि क्रोएसियाकी राष्ट्रपति कोलीन्डा ग्राबर किटरोभिचले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई जर्सी उपहार दिइन् । पुटिन नाम लेखिएको फुटबल जर्सी दिएर क्रोएसियाकी राष्ट्रपतिले विश्वकप सफल आयोजनामा बधाई दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्