जोकोभिचले जित्यो विम्बल्डन उपाधि



लन्डन ।
नोभाक जोकोभिचले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई सीधा सेटमा हराएर यस वर्षको विम्बल्डन उपाधि जितेका छन् ।
आईतबार पुरुष सिंगल्स फाइनल खेलमा सर्बियाका जोकोभिचले एन्डरसनलाई ६–२, ६–२, ७–६ ले हराएका हुन् ।

योसँगैं जोकोभिचले २२ लाख ५० हजार पाउन्ड र दक्षिण अफ्रिकी खेलाडीले ११ लाख ५० हजार पाउन्ड हात पारेका छन् । जोकोभिचको यो १३ औं र चौथो विम्बल्डन उपाधि हो ।

अाजकाे फाइनल विजेता नाेभाक जाेकाेभिकले भने याे समेत १३ वटा ग्राण्ड स्लाम उपाधि हात पारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्