जर्मनी: आपतकालिन अवतरण



वर्लिन,(एजेनसी)
जर्मनीबाट क्रोयसिया तर्फ उडेको ¥यान एयरको एउटा यात्रुवाहक विमानको क्याविनको वायुको चाप अचानक घटेपछि त्यसमा सवार तिस जना भन्दा बढि यात्रु घाइते भएको शनिवार जर्मन प्रहरीले जनाएकाे छ ।

कलसाइन एफआर ७३१२ बोकेको डब्लिनबाट जादार तर्फ उडिरहेको सो विमानलाई उक्त घटनापछि फ्रायन्कफर्टमा आपतकालिन अवतरण गारइएको बताइएको छ । केहि यात्रुको
कानबाट रक्तश्राव समेत भएके थियो । फ्लाइट रडारले सात मिनेट भित्र सो विमान ११ हजार ३ सय मिटरबाट ३ हजार मिटर उचाइमा झरेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्