चीन: उडान छानविन



बेइजिंग,(एजेन्सी)
एयर चाइनाको एउटा उडानमा को पायलटले इ – सिग्रेट पिइरहेको कारण अचानक विमान कम उचाईमा झरेको यस सम्बन्धमा अनसन्धानरत टोलिले जनाएको छ ।

तिनीहरुले ति पायलटले आफुले धुमपान गरिरहेको कुरा लुकाएको र गल्तीवश एयर कन्डिसनिंग बन्द हुन पुग्दा अक्सिजनको स्तर झवाट्टै घटेको बताएका छन् । गत मंगलवार हंगकंगबाट दालियन शहर तर्फ उडेको सो विमान ६ हजार ५ सय मिट भन्दा तल झरेको थियो । तर कुनै अप्रिय घटना हुन नपाउँदै विमानलाई चालक दल साविककै उचाइमा ल्याउन सफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्