एनआईसी एसिया बैंककोे एकैसाथ दुईवटा शाखारहित बैंकिङ सेवा



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले पर्वतको फलेवास नगरपालिकाको थापाठानामा र बर्दिया जिल्ला, बडैयाताल गाउँपालिकाको शितलाबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले फलेवास नगरपालिकाको थापाठानामा संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले गर्नुभयो र बंैकको उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा बैंकले कविता कुँवरलाई नियुक्त गरेको छ ।

यसैगरि बैंकले बडैयाताल गाउँपालिकाको शितलाबजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन सोही गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठको उपस्थितिमा सम्पन्न भयो र उक्त शाखारहित बैंकिङ्ग सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधिको रुपमा धनसिंह सुनार लाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।

सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दँरीसम्म हिड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।

बैंकको देशभर २२६ शाखा कार्यालय, २१९ एटीएम, १४ वटा एक्स्टेन्सन काउन्टर एवम् १३ वटा शाखारहित बैंकिङ सेवा रहेको छ । बैंकको वासलातको आकार १७६ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब १२० अर्ब र कुल निक्षेप करिब रु. अर्ब पुगिसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्