सबैभन्दा बढी रकम सिटीलाई



लन्डन, (एजेन्सी)
रुसमा भएको विश्वकपमा सबैभन्दा बढी खेलाडी म्यानचेस्टर सिटीका भएकाले सो इंग्लिस प्रिमियर क्लबले फिफाबाट सबैभन्दा बढी रकम प्राप्त गरेको छ ।

यो जारी विश्वकपमा १६ खेलाडी म्यानचेस्टर सिटीका छन् । यसैले फिफाले सहभागि प्रति खेलाडीलाई प्रति दिनको हिसाबले ६ हजार ४ सय पाउन्ड क्लबलाई दिएको छ । जसअनुसार सिटीले सर्वाधिक ३९ लाख पाउन्ड पाउने भएको हो । सिटीबाट बेन्जामिन मेन्डी ९फ्रान्स० मात्रै एक्लो खेलाडीको उपाधि जित्ने आशा बाँकी छ ।

शीर्ष १० क्लब (पाउन्डमा)
म्यानचेस्टर सिटी—३९,०७,१५१
रियल मेड्रिड—३८,१८,०८५
चेल्सी—३५,०६,५७४
टोटनह्याम—३३, ९९,१११
बार्सिलोना—३२,३६,१९१
पेरिस सेन्ट जर्मेन—३१,९३,०२९
म्यानचेस्टर युनाइटेड—२९,६१,९१७
एएस मोनाको—२६,५५,९७८
एट्लेटिको मेड्रिड—२३,६३,२१८
युभेन्टस—२२,०१,८९१

प्रतिक्रिया दिनुहोस्