गोविन्द केसीलाई बचाउन दुई पूर्वप्रधानन्यायाधीश सडकमा उत्रिए



नेपाल समाचारपत्र, काठमाडौं ।

विगत १५ दिनदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा आमरण अनसनमा बसिरहेका डाक्टर गोविन्द केसीको मागमा समर्थन र उनको जीवन रक्षाको माग गर्दै शनिबार  माइतीघर मण्डलामा हुने प्रदर्शनमा सर्वोच्च अदालतका दुई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशिला कार्की सडकमा उत्रिएका छन् ।

माइतीघरमा पूर्वप्रधानन्यायाधीश सहित पूर्वउपकुलपति, नेता, पेशाकर्मीदेखि सर्वसाधारण जम्मा हुन लागेका छन् ।

प्रदर्शनमा उनीहरूसहित त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, नेताहरू गगन थापा, रवीन्द्र मिश्र, उज्ज्वल थापा, मानवअधिकारकर्मी चरण प्रसार्इं, कृष्ण पहाडीलगायत पनि सहभागी हुनेछन् ।

डाक्टर, नर्स, कानून व्यवसायी सम्मिलित विभिन्न १३ संघसंस्थाले समेत आजको प्रदर्शनमा साथ दिने भएका छन् ।

डा‍‍‍‍‍. अभिषेक सिंहले शनिबारको प्रदर्शनमा विभिन्न पेशाकर्मी तथा सर्वसाधारणसहित हजारौंको सहभागिता रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्