अमेरिकामा नेपाली म्युजिक फेस्टिबल



अमेरिकामा नेपाली म्युजिक फेस्टिबल–२०१८ हुने भएको छ। पोखरामा कराते प्रशिक्षण भवन निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले हिमालयन फाउन्डेसन कर्पले सो फेस्टिबल आयोजना गर्न लागेको हो।

सनफ्रान्सिस्कोस्थित ओकल्यान्ड मेट्रो ओपेरा हाउसमा हुने फेस्टिबलमा चर्चित गायिका अन्जु पन्त र गायक राजु लामाका साथ द एक्स ब्यान्डले गीत सुनाउने आयोजकले जानकारी दिएका छन्। केही समयदेखि अमेरिका भ्रमणमा रहेकी अन्जुले कन्सर्टमा आफ्ना दर्जन बढी चर्चित गीत प्रस्तुत गर्ने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्