करातेका थर्ड डनसँग अनुको रोमान्स



गायक राजेश पायल राई तथा गायिका जुनु गौतमको स्वर रहेको मीठो–मीठो प्रीत बनोस् बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको म्युजिक भिडियोमा नायिका अनु शाह र मोडल एवं कराते खेलाडी चन्द्र पुलामीले रोमान्स गरेका छन्। मोडल पुलामी करातेका थर्ड डन प्राप्त खेलाडी तथा राष्ट्रियस्तरका रेफ्री हुन्।

सिन्धुलीको खुर्कोटलगायत वरपरका मनोरम स्थानमा छायांकन गरिएको भिडियो नृत्य निर्देशक प्रदीप श्रेष्ठले निर्देशन गरेका छन् भने शिव ढकालको छायांकन रहेको छ। गीतमा येशु थापा (यशोदा थापा) को रचना तथा एमोस तामाङको ऐरेन्ज रहेको छ भने अनिष श्रेष्ठको संगीत रहेको छ। नृत्य निर्देशक संघ नेपालको निर्माण रहेको भिडियोमा मेकअपमा सन्तु तामाङ र सम्पादन प्रवीण श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्