साहित्यकार दुवाल ‘सिर्जना’मा पुरस्कृत



काठमाडौं । वरिष्ठ साहित्यकार मोहन दुवाललाई ‘फेमकुमारी–डोरनाथ ढुङ्गेल साहित्यिक प्रतिष्ठान’ले उनको हालै प्रकाशित ‘अक्षर विम्बहरु’ पुस्तकका लागि ‘उत्कृष्ट सिर्जनशील पुरस्कार’ प्रदान गरेको छ ।

एक समारोहका बीच प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेद्वारा रु. १० हजार नगदसहित साहित्यकार दुवाललाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा उपकुलपति विष्णुविभू घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रामप्रसाद पन्त, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा र राममणि ढुङ्गेलले दुवालको साहित्यिक सिर्जना, समर्पण र जनमतको माध्यमबाट साहित्यिक पत्रकारितामा पु¥याउनुभएको योगदानबारे विचार व्यक्त गर्नुभयो ।

सम्मानित दुवालले मुमाबुबाको स्मृतिमा राममणि ढुङ्गेलले पुरस्कार स्थापना गरी उहाँहरुप्रति देखाउनुभएको श्रद्धाभाव श्राद्ध गर्नुभन्दा उच्च कोटीको रहेको बताउनुभयो । साथै साहित्यकार भनेको सत्यको पक्षमा निर्भीक भएर बोल्न सक्ने प्रतिपक्ष भएको कुरा पनि उहाँले स्पष्ट पार्नुभयो । उक्त कार्यक्रममा बालप्रतिभा कसपाललाई पनि पुरस्कृत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्