विश्वकप सबैभन्दा सफल



मस्को, (एजेन्सी)
विश्व फुटबल संस्था फिफाका अध्यक्ष गियानी इन्फाटिनोले हाल रुसमा चलिरहेको विश्वकप अहिलेसम्मकै सर्वश्रेष्ठ प्रतियोगिता भएको दावी गरेका छन् ।

प्रतियोगिताको आयोजक रुसप्रतिको धारणा यो विश्वकपले परिवर्तन गरेको इन्फाटिनोले बताए । फोटो अनुसार इन्फाटिनो विश्वकपको सफलतामा खुशी भएको देखिएका छन् । उनले फ्रान्स र क्रोएसियाबीच आईतबार हुने फाइनलको दुई दिन अगाडि शुक्रबार प्रेसलाई बताए कि म पछिल्लो समयदेखि भनिरहेको थिए कि यो अहिलेसम्मकै सर्वश्रेष्ठ विश्वकप हुनेछ र अब म पुरै विश्वासको साथ बताउन सक्छु ।

स्टेडियम भरिभराउ
फिफा अध्यक्षले रुसको आयोजनालाई जमेर तारिफ गर्र्र्दै भने—रुसको बारेमा मान्छेको पूर्व धारणा थियो, त्यो अब परिवर्तन भइसकेको छ । रुस वास्तवमा एक फुटबल देस बनेको छ । जहाँ फुटबल देसका डिएनए र संस्कृति बनेको छ । सबैले पाए कि यो ज्यादै सुन्दर देश र मनदेखि स्वागत गर्ने देस हो ।

यो प्रतियोगिता आफनो पछाडि एक समृद्ध छाप छोडेर जानेछ । र भविष्यमा यहाँका स्टेडियममा पुरै प्रयोग हुनेछ । स्टेडियम ९८ प्रतिशत भरिरहेको छ । विदेसबाट १० लाख समर्थक ओइरहेका छन् र उनीहरुले यो देसको सुन्दरतालाई चिनेको छ । ३ अर्ब भन्दा बढी दर्शकले विश्वकप टीभीमा हेरेका छन् । संसारभरका एक अर्ब दर्शकले फाइनल हेर्नेछन् ।

फिफा अध्यक्षले यो सानदार र अविश्वसनयि विश्वकप हो बताए । प्रतियोगिताको शुरुवातदेखि नै यहाँ कतिको भावनात्मक क्षण देखे र अब दुई दिन पछि फाइनल हुदैछ । म सबै व्यक्तिका लागि धन्यवाद दिन चाहन्छु जसले यसको आयोजनामा योगदान दिए । इन्फाटिनोले रुसको सरकार, राष्ट्रपति भ्लादिमीर पुटिन र स्थानीय आयोजन समिति (एलओसी) लाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्