बोलेरो दुर्घटनामा ५ को मृत्यु, ८ गम्भिर घाइते



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीपमा परी दुई महिलासहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा नौजना घाइते भएका थिए । घाइतेहरुलाई राजधानीको टिचिङ अस्पताल ल्याइएको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्