पुटिन मेरोे ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्रः ट्रम्प



ब्रसेल्स ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भन्नु भएको छ ।

एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताउनु भएको हो ।
कसैले उहाँलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् रु” उहाँले भन्नुभयो “होइन, पुटिन मेरो सत्रु होइनन् ।”

“त्यसो भए के पुटिन तपाइको साथी हुन् त रु” यसमा पनि उहाँले भन्नुभयो, “होइन । मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।”

“पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भन्नुभयो । “आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।”

बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिनुभएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्