अाफ्नै कार्यकर्ता कुट्ने नेवि संघका केन्द्रीय नेता पक्राउ



काठमाडौं । आफ्नै कार्यकर्ता कुटेको आरोपमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय नेतालार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघकै कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टलाई कुटपिट गरेको आरोपमा केन्द्रीय सदस्य प्रेमबहादुर शाहीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार पक्राउ परेका केन्द्रीय सदस्य शाहीलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ । उनलार्इ महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा राखिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्