बैतडीमा २ हजार १ सय सवारीसाधन कारवाहीमा



विनोद सिंह विष्ट, बैतडी।
बैतडीमा ट्राफिक नियम उल्लंघनको क्रम बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले आर्थीक वर्ष २०७३÷७४ भन्दा चालु आर्थीक वर्ष २०७४/७५ को हालसम्म बढी राजश्व संकलन गरेको छ ।

आर्थीक वर्ष २०७३/७४ मा ११ लाख १५ हजार राजश्व संकलन गरेको कार्यालयले यो आर्थिक वर्ष सकिन अगावै १२ लाख १२ हजार ५ सय राजश्व संकलन गरीसकेको छ । आर्थिक वर्ष ७३/७४ मा १ हजार ८ सय ८४ वटा सवारीसाधन कारवाहीबाट उक्त राजश्व संकलन गरिएको ट्राफिक कार्यलयले जनाएको छ ।

चालु आर्थीक वर्षको अहीलेसम्म २ हजार १ सय ३४ सवारी साधन कारर्वाहीमा परीसकेको जिल्ला ट्राफीक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताउनुभयो ।

रावलका अनुसार गत आर्थीक वर्षमा सबै भन्दा बढी कारर्वाहीमा पर्ने सवारीसाधनमा जिप रहेका छन् । १ हजार १ सय ३० वटा जीप ट्राफीक कारर्बाहीमा परेको उहाँले बताउनुभयो । कारर्वाहीमा परेका जिपबाट ६ लाख २५ हजार राजश्व संकलन भएको हो । यस्तै ३ सय ८६ ट्रक , १८२ मोटरसाईकल , १३२ ट्याक्टर र ५४ वटा बस गत आर्थीक वर्षमा कारर्वाहीमा परेका थिए ।
कारर्वाहीमा परेका ट्रकबाट २ लाख ६६ हजार , मोटरसाईकलबाट १ लाख २८ हजार ट्याक्टरबाट ८० हजार र बसबाट ३५ हजार ५ सय राजश्व संकलन भएको छ ।

दिनप्रतिदीन सवारीसाधन बढीरहेकोले कारर्वाहीमा पर्ने सवारीसाधनको संख्या पनि बढ्दै गएकाले राजश्व संकलनमा पनि वृद्धि भएको प्रहरी सहायक निरीक्षक रावलले बताउनुभयो ।

चालकले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने, तिब्र गतिमा गाडी हाक्ने , सवारी चालक अनुमतीपत्र विना सवारी साधन चलाउने लगायतका ट्राफिक नियम उल्लंघन घटना रहेका छन्

प्रतिक्रिया दिनुहोस्