राजधानीमा रेग्मीको प्रदर्शनी



चित्रकार सन्ध्या रेग्मीको नवौं एकल चित्रकला प्रदर्शनी राजधानीमा चलिरहेको छ। तमसोमा ज्योतिर्गमय टेक मी फ्रम डार्कनेस टु ब्राइनेस शीर्षकको प्रदर्शनी गत असार २३ गतेदेखि नेपाल कला परिषद् बबरमहलमा चलिरहेको छ।

आगामी ३१ गतेसम्म चल्ने प्रदर्शनीको जर्मनीका राजदूत दम्पती रोल्यान्ड सेफरले शुभारम्भ गरेका थिए। प्रदर्शनीमा रहेका ३३ बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युञ्जय मन्त्रलगायत अमूर्त र अर्धमूर्त शैलीका चित्र रेग्मीको ५ वर्षदेखिको मेहनत हो। जसले अँध्यारोबाट उज्यालोतिर, असत्यबाट सत्यतिर र मृत्युबाट जीवनतिर लैजाने सन्देश दिएका छन्।

सन् २०१३ मा बुद्धका अनुहारहरू, फेसेस अफ बुद्ध शीर्षकको सातौं एकल चित्रकला प्रदर्शनीबाट ख्याती प्राप्त गरेकी सन्ध्याले नेपाल र विदेशमा गरी ८ चित्र प्रदर्शनी गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्