रोनाल्डोको विकल्पमा सम्भावित खेलाडी



मेड्रिड, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डोले युभेन्टसमा आफुलाई स्थानान्तर गरेपछि उनको स्थानमा को आउँला भन्ने कौतुहलता बढेको छ ।

यसै सन्दर्भमा इंग्लिश मिडिया डेली मेलले रोनाल्डोको स्थान लिन रियल मेड्रिड आउन सक्ने सम्भावित खेलाडीका बारेमा चर्चा हुन थालेको छ । जसमध्येको उत्कृष्ट ५ खेलाडीको सूचीमा ब्राजिलका नेयमार अग्रपंक्तिमा रहेका छन् । रियलका अध्यक्ष पेरेजले त रोनाल्डोको स्थान लिनेमा नेयमार नै योग्य रहेको बताएका छन् । उनी आफै पनि नेयमारका फ्यान भएको बताइन्छ ।

पेरेजले नेयमारलाई जसरी पनि भित्र्याउने योजना बनाएका छन् । यदि नेयमारलाई भित्र्याउन नसके पेरेजले चेल्सीका इडेन हार्जाडलाई भित्र्याउने सम्भावना रहेको जनाएको छ । हजार्ड भने पेरेजको दोस्रो प्राथमिकतामा परेको छ । यस्तै अन्यमा फ्रान्सका १९ वर्षे क्लीयन एम्बाप्पे, अर्जेन्टिनाका पाउलो डिबाला र इंग्ल्याण्डका गोल मेसिन ह्यारी केन रहेका छन् । स्पेनिस महारथी क्लब रियल मेड्रिडमा रोनाल्डोको स्थान लिनसक्ने उत्कृष्ट पाँच खेलाडीका बारेमा यहाँ छोटो चर्चा गरिएको छ ।

१. नेयमार (ब्राजिल)


रियलमा रोनाल्डोको स्थान लिन सक्ने योग्य खेलाडीको अग्रपंक्तिमा छन् ब्राजिलियन नेयमार । उनी गत सिजनमा बार्सिलोनाबाट विश्व किर्तिमानी २ सय २२ मिलियन यूरोमा फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका थिए । नेयमारलाई रियलका अध्यक्ष फेलोरेन्टिनो पेरेजले सन् २०१३ मा अनुबन्ध गर्न खोजेका थिए । तर, नेयमारले रियलको प्रस्ताव अस्वीकार गर्दै बार्सिलोना रोजेका थिए ।

स्टारडमका हिसाबले पनि रोनाल्डोको स्थानमा नेयमार उपयुक्त भएको बताइन्छ । मार्केटिङ वेनिफिट्सको आधारमा पनि रियलका लागि नेयमार नै उपयुक्त मानिएको छ । यद्यपी समर्थकहरु भने नेयमारसँग त्यति विश्वस्त नरहेको बताइएको छ ।

२. ईडेन हर्जाड


हर्जाड नेयमार भन्दा सहज विकल्प हुन् । उनलाई अनुबन्ध गर्न रियललाई सहज रहेको बताइन्छ । तर हर्जाडले समर्थकलाई खुसी पार्न नसक्ने विश्लेषण समेत भइरहेका छन् । उनले रुसमा जारी विश्वकपमा समेत उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । यदि रियलमा नेयमार आएन भने हजार्डलाई रोनाल्डोको विकल्प मानिएको छ ।

३. क्लीयन एम्बाप्पे


जारी विश्वकपमा फ्रान्सका १९ वर्षीय एम्बाप्पेले गरेको प्रर्दशनलाई हेर्दा उनी उदाउँदा स्टार भन्दा दुईमत नहोला । नेयमारको उमेरमा पुग्नुभन्दा पहिले नै एम्बाप्पले बालोन डि ओर अवार्ड जित्ने सम्भावना रहेको अनुमान लगाउन थालिएको छ ।

४. ह्यारी केन


रोनाल्डोको विकल्पमा इंग्ल्याण्डका गोल मेसिन ह्यारी केन पनि रहेका छन् । तर उनी टोटनह्याम छोड्न चाहँदैनन् । यता टोटनह्याम पनि केनलाई गुमाउन चाहँदैन । २४ बर्षिय केनले प्रिमियर लिगमा १ सय गोल कटाईसकेका छन् ।

५. पाउलो डिबाला


रियल मेड्रिडले प्राय विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई अनुबन्ध गर्ने गर्दछ । युभेन्ट्समा डिबालाका समर्थक धेरै छन्, तर उनी रोनाल्डो सरह उच्चकोटी प्रोफाइल भएका खेलाडी भने होइनन् । उनी करिम बेन्जेमाका विकल्प भने हुन सक्नेछन् । रसियामा जारी विश्वकपमा उनले प्राय समय बेञ्चमा नै बिताएका छन् । यदि उनी युभेन्ट्सबाट रियलमा नआएमा भने आगामी सिजनमा रोनाल्डोसँगको तालमेलमा उत्कृष्ट प्रर्दशन गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्