यो फुटबलको लागि लज्जित हो



लन्डन, (एजेन्सी)
बेल्जियमका गोलकिपर थिबाउट कोर्टोइसले सेमिफाइनलमा फ्रान्ससँग हार्नु फुटबलको लागि लज्जाजनक भएको बताएका छन् । उनले डिडियर डेसक्याम्प्सको टोलीको रक्षात्मक शैलीको आलोचना गरेका हुन् । सेन्ट्रल ब्याक उम्टीटीले ५१ औं मिनेटमा गरेको गोलले नै फ्रान्सलाई तेस्रो पटक विश्वकप फाइनलमा पु¥याएको थियो ।

चेल्सीको तर्फबाट खेल्ने गोलकिपर कोर्टोइसले बेल्जिययनको टीभी च्यानल आरटीबीएफलाई बताए—यो निरास गर्ने खेल थियो । फ्रान्सले खेल खेलेकै छैन । उसले एक गोल गरेपछि पुरै क्षमता गोल बचाउनेमा लगाएको थियो । फ्रान्सका लगभग सबै खेलाडी समय खेर फाल्नमै व्यस्त रहेका थिए । उनीहरुका ११ जना खेलाडी गोलपोस्टको ४० मिटर दुरीमा रहेका थिए ।

उनले भने—उनीहरुले काउन्टर एट्याक रणनीति अपनाएको थियो । किलियन एम्बाप्पेलाई यसको जिम्मेबारी दिएको थियो । उनी छिटो दौडन्छन् । यो उनको अधिकार हो । तर हामी धेरै निरास भयौं किनभने हामी राम्रो टोलीसँग हारेको होइन । यस्तो टोलीसँग हामी हा¥यौ कि जसले खेल नै खेलेन केवल गोल बचाउनमै शक्ति लगायो । यो फुटबलको लागि लज्जित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्