तल्लोस्वराडमा नरभंक्षी चितुवाको खोजी हुँदै



विनोद सिंह विष्ट, बैतडी ।

नरभंक्षी चितुवाको आक्रमणवाट २३ जनाको ज्यान गएपछि बैतडीको तल्लोस्वराडमा चितुवाको खोजी सुरु गरिएको छ ।

मानव र चितुवाविच द्वन्द्व बढ्दै जान थालेपछी चितुवा प्रभावित क्षेत्र तल्लोस्वराड क्षेत्रमा चितुवाको खोजी जारी रहेकोे हो । चितुवाले मानवबस्तीमै पसेर बेलाबेलामा मानिसलाई आक्रमण गरिरहेको छ ।

नेपाल जैविक विविधता अनुसंन्धान समाजको आयोजनामा नरभंक्षी चितुवाको खोजी भईरहेको हो । चितुवा पत्ता लगाउने उद्देश्यले अहिले मेलौली नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने उक्त्त क्षेत्रमा १५ वटा स्वचालीत क्यामेरा जडान गरीएको छ ।

चितुवाको आक्रमणबाट मानीसको मृत्यु भईरहने उक्त क्षेत्रमा साँच्चीकै चितुवा छ कि छैन भनेर पत्ता लगाउने उद्देश्यले उक्त कार्य गरीएको वन्यजन्तु अनुसंन्धानकर्ता धिरेन्द्र बहादुर चन्दले बताउनुभयो । स्वचालीत क्यामेरा जडान गरीएको ३ दिनमा एउटा चितुवा क्यामेरामा कैद भएको छ उहाँले भन्नुभयो “यस क्षेत्रमा सांच्चीकै चितुवा रहेको छ भन्ने प्रमाणीत भएको छ ।”

पछिल्लो समय मानव र चितुवाको द्धन्द्ध बढीरहेकाले चितुवाबाट बच्न बालबालीकाको ध्यान दिनुपर्ने र आफ्नो पनी ख्याल गर्नुपर्नेमा उहाँको जोड रहेको छ । यसका साथै तल्लोस्वाराड क्षेत्रमा रहेका विभिन्न विद्यालयमा जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन भईरहेका छन् ।

वि स २०६८ साल यता तल्लेस्वराड क्षेत्रमा अहीलेसम्म चितुवाको आक्रमणबाट २३ जनाको मृत्यू भईसकेको छ भने दजर्नौ घाईते भएका छन् । स्थानिय प्रसासनले बेलाबेलामा चितुवा मार्नको लागी उक्त क्षेत्रमा नेपाल प्रहरी परिचालन गरेको भएपनि चितुवा मार्न नसकेर फर्किने गरेको छ । चितुवाले महिला तथा बालबालिकालाई बढी आक्रमण गर्ने गरेको छ ।

जिल्ला वन कार्यालय बैतडीले विभिन्न समयमा गरी २ सय बढी सोलार सेट वितरण गरेको जनाएको छ । यसका साथै चितुवा प्रभावित तल्लोस्वाराड क्षेत्रमा सचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरेको जिल्ला बन अधिकृत प्रभात सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो-“तल्लोस्वराडमा २४९ सेट सोलार पाता वितरण गर्नुका साथै जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिसकेका छौं ।”

चितुवाबाट घाईते भयका लाई राहतभन्दा दिगो बय्बस्थपन तिर सम्बन्धीत निकायको ध्यान जानु आवश्यक छ । पटक पटक चितुवाले मानिसमाथि आक्रमण गरेको हुनाले त्यो चितुवा नरभंक्षी हुन सक्ने वन्यजन्तु अनुसंन्धानकर्ता धिरेन्द्र बहादुर चन्दको भनाई रहेको छ । स्थानिय तहले यस बिषयमा गम्भिर हुनुपर्ने समेत उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्